ग्याजेट विशेष

एप्पलले आइफोन XR र XS लाई पनि स्लो गर्दै !!!

  नागरिक   2019-09-23

एप्पलले iOS को १३.१  संस्करणमा आइफोन XR, आइफोन XS र आइफोन XS म्याक्स को लागि ‘परफरमेंस म्यानेजमेन्ट फिचर’ अर्थात् स्लो गराउने “फिचर” ल्याउने भएको छ । एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट बचाउछ ।

एप्पलले आइफोन XR, आइफोन XS र आइफोन XS म्याक्स  उक्त स्लो बनाउने “फिचर” ब्याट्रीका लागि मात्र नभई स्मार्टफोनका अन्य पुर्जाहरुलाई बचाउनका लागि पनि हो भनेर बताएको छ । केहि दिन अगाडी सम्म र iOS १३.१ रिलिज नहुँदा सम्म पनि एप्पलले आइफोन XR, आइफोन XS र आइफोन XS म्याक्स स्लो गराएको थिएन । तर iOS १३.१ को रिलिज सँगै यी तीन मोडलहरूमा ब्याट्रीको स्वास्थ्य अनुसार स्पिड मिलाइने भएको छ ।

यदि तपाईंसँग यी तीन वा पुरानो कुनै मोडलको आइफोनहरू छ र ब्याट्रीको गुणस्तर खासै राम्रो छैन भने तपाईंको आइफोन स्लो चल्न सुरु गर्नेछ । नयाँमा जस्तै फास्ट बनाउनका लागि एप्पलकै आधिकारिक मर्मत केन्द्रबाट ब्याट्रीलाई प्रतिस्थापन गर्नु पर्ने हुन्छ ।

गत वर्ष सन् २०१८ मा आइफोनहरु स्लो गरेको भन्दै लाखौं डलरको जरिवाना इटालीले एप्पललाई तिराएको थियो । नयाँ आइफोनको रिलिजसंगै पुरानो मोडलका आइफोनहरु आफै स्लो हुने कुरा आइफोन प्रयोगकर्ताले महसुस गर्दै आएका थिए । यहि विषयमा अनुसन्धान पश्चात् एप्पलले पुराना आइफोनहरु स्लो गरेको पाइएको थियो । एप्पलले उक्त स्लो बनाउने फिचर प्रयोगकर्तालाई नयाँ आइफोन किन्न बाध्य बनाउनको लागि नभई आइफोन कै प्रयोग आयु बढाउन र आफै बन्द हुन नदिनका लागि गरेको हो भनेर जानकारी दिएको थियो । त्यही सिलसिलामा त्यो बेलाको नयाँ आइफोन ८ र X मा त्यस्तो फिचर छ छैन भनेर प्रश्न गर्दा एप्पलले उत्तरमा नयाँ आइफोनमा स्लो गर्नु नपर्ने उच्चस्तरीय ब्याट्री छ भनेर दाबी गरेको थियो - जुन गत वर्ष आइफोन ८ र X को लागि रिलिज भएको अपडेटबाट झुठो साबित भयो ।

प्रयोगकर्ताले यस अपडेट पछि ब्याट्री लाइफ र परफरमेन्सका बीचमा एउटालाई चयन गर्न सक्नेछन् । ब्याट्री लाइफ बढाउनका लागि विकल्प चयन गर्दा आइफोनको प्रोसेसरको स्पिड घट्छ जसले गर्दा आइफोन स्लो भएको महसुस हुन्छ । तर, परफरमेन्सको विकल्प चयन गर्दा प्रयोग गर्दा गर्दै आइफोनको ब्याट्री सकिएर आइफोन आफैं बन्द हुन सक्छ भन्ने तर्क एप्पलले दिएको छ ।

 

स्रोत : GSMArena

यसमा तपाईको मत