ग्याजेट विशेष

विश्व बजारमा हुवावे अझ शक्तिशाली हुँदै ( भिडियो रिपोर्ट )

    2019-07-12

काठमाडौँ- १ सय ७० भन्दा बढि राष्ट्रमा रहेको हुवावेका उत्पादन र सेवाहरु विश्वका एक तिहाई जनसंख्याले प्रयोग गरिरहेका छन् । सन् २०१८ मा २० करोडले प्रयाेग गर्ने हुवावेका उत्पादनहरू सन् २०१९ मे सम्म बढेर ३० करोड पुगेकाे छ। अहिले विश्वकाे दोश्रो स्थानमा रहेकाे हुवावेले मोबाइलको साथै पहिरन योग्य अन्य उत्पादनमा समेत आफ्नो व्यापार बिस्तार गरेकाे छ।

आइडिसीको एक अध्ययन प्रतिवेदनअनुसार पहिरन योग्य उत्पादनका लागि हुवावेले  सन् २०१९ को पहिलो तीन महिनामा पहिलाे स्थान हासिल गर्यो भने ढुवानीमा तेस्रो स्थान हासिल गरेकाे थियाे। हुवावेको एक उत्पादन जीटीघडी विश्व भरमा  करिब २० लाख बिक्री भएकाे थियाे। ब्रान्डको उच्च लोकप्रियता, स्मार्टफोनको बिक्रीमा सफलता तथा फाइबजीको प्रविधिमा फड्को मारेका कारण अमेरिकाले ठूलो सुरक्षा चुनौती महसुस गरेर  हुवावेलाइ रोक्ने प्रयास गर्यो। तर हालै अमेरिकाले हुवावेको प्रतिबन्धलाइ हटाएर फुकुवा गरिसकेको छ।

हालै हुवावेको विवादले मिडियामा धेरै चर्चा पायो, र किन नहोस पनि? जे भए पनि फाइबजी प्रविधिको लागि हुवावे विश्वमै अग्रणी स्थानमा छ। यसको फाइबजी अन्य देशको भन्दा धेरै उच्च प्रविधि भएकाले मानव सभ्यतामा एक सकारात्मक परिवर्तन ल्याउने विश्वास छ। दोश्रो आफ्नो स्मार्ट फोन र अन्य उत्पादनले गर्दा विश्वमा नै अग्रस्थानमा पुगेपछि दिनानुदिन बलियो कम्पनीको रुपमा हुवावे स्थापित हुँदै गएको छ। कतिपय व्यक्तिहरुलाइ बजारको यथार्थ थाहा नहुँदा यस भिडियोले यथार्थलाइ उजागर गर्नेछ। 

हुवावेले यसै महिना वाई सेभेन प्रो २०१९ वाई फाइब २०१९ जस्ता मोडल तथा नयाँ उत्पादन वाई ९ प्राइम २०१९ बजारमा ल्याउँदै छ। हुवावेले काठमाडाैंकाे ताम्राकार हाउसमा आफ्नो नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएकाे छ।  उसले आफ्नो सेवा ग्राहकसम्म पुर्याउने लक्ष्य लिएको जनाएकाे छ। नयाँ प्रविधिका साथै आफ्नो उच्च गुणस्तर युक्त उत्पादनप्रति सचेत र समर्पित रहँदै हरेक वर्ष हुवावेले आफ्नो आम्दानीको १४ प्रतिशत नयाँ प्रविधि र समिक्षामा खर्च गर्दै आएको छ।

 

यसमा तपाईको मत