ग्याजेट विशेष

सामसंगलाई जित्दै हुवावे बन्यो नम्बर १ स्मार्टफोन निर्माता

  नागरिक   2020-06-16

अमेरिकाले प्रतिबन्ध लगाए पश्चात हुवावेको स्मार्टफोन बिक्रीमा गिरावट आउन थालेको थियो । तर कोरोनाभाइरसको महामारीको बीचमा हुवावेले सामसंगले भन्दा पनि धेरै स्मार्टफोनहरू विक्री गर्न सफल भएको छ ।

काउन्टर पोइन्टको डेटा अनुसार गत अप्रिल महिनामा हुवावेले संसार कै सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्न सफल भएको छ । उक्त एक महिनाको समयमा हुवावेको बजार हिस्सा १९ प्रतिशत रहेको थियो भने सामसंगको बजार हिस्सा केवल १७ प्रतिशत रहेको थियो ।

हुवावेको स्मार्टफोनमा आएको अप्रत्याशित वृद्धि अझै कति सम्म टिक्ने हो भन्ने कुराको चाहिँ केहि टुंगो छैन किन कि हुवावेले अझै पनि गुगलका सेवाहरू प्रयोग गर्न पाएको छैन । यसै गरेर संसार कै सबैभन्दा ठूलो माइक्रोप्रोसेसर बनाउने फ्याक्ट्री भएको कम्पनी टिएसएमसीसँग पनि हुवावेले व्यापार गर्न नपाउने हुन सक्ने भएको छ ।  

टिएसएमसीसँगको व्यापार सम्झौता पनि रद्द भएको खण्डमा हुवावेलेलाई निकै नै ठूलो झट्का लाग्ने छ किन कि हुवावेले आफ्नो स्मार्टफोनहरूका लागि काम लाग्ने प्रोसेसरहरू टिएसएमसीबाट नै निर्माण गर्दै आएको छ । हुवावे नै  टिएसएमसीको दोस्रो सबैभन्दा ठूलो ग्राहक रहेको छ । यसले गरेर  टिएसएमसीलाई पनि ठूलो आर्थिक क्षति हुने भएको छ ।

कोरोनाभाइरसको महामारीको बीचमा हुवावेको स्मार्टफोन  बिक्री संख्या बढे पनि हुवावेले अब आउने समयमा आफ्नो स्मार्टफोनको बिक्री २०% सम्म कम हुने अपेक्षा राखेको छ ।

हुवावेले सामसंगलाई एक महिनाको लागि मात्र जिते पनि सामसंग स्मार्टफोनको औसत बिक्री मूल्य भने उच्च रहेको छ । यसर्थ उपभोक्ताले हुवावेको बजेट र मिडरेन्ज स्मार्टफोनहरू धेरै खरिद गरेका छन् भने सामसंगको फ्ल्याग्शिप स्मार्टफोनहरू धेरै खरिद गरेका छन् ।  

स्रोत: Counterpoint Research

 

यसमा तपाईको मत