ग्याजेट विशेष

१००० जनाले एकै पटक भिडियो कल गर्न मिल्ने प्ल्याटफर्म

  नागरिक   2020-07-13

माइक्रोसफ्टले आफ्नो भिडियो कलिंग र मेसेजिंग प्ल्याटफर्म अर्थात् माइक्रो टिम्समा १००० जनाले एकै साथ् भिडियो कल गर्न मिल्ने फिचर ल्याउन लागेको छ । यस अन्तर्गत १००० जना सहभागीहरूले नै आफ्नो भिडियो र अडियो आदानप्रदान गर्न सक्ने छन् ।

एक जनाले मात्र भिडियोमा बोल्ने हो भने चाहिँ २०,००० जना सहभागीहरू पनि एकै कलमा सहभागी हुन सक्नेछन् । तर ति अन्य १९९९९ जनाले चाहिँ आफ्नो भिडियो र अडियो सेयर गर्न सक्ने छैनन् । यो नयाँ फिचर माइक्रोसफ्टको टिम्स एपमा यो महिनाको अन्तिम तिर आउने भनिएको छ ।

कोरोनाभाइरसको महामारीले गर्दा घरबाट काम गर्ने र अनलाइन पठनपाठन हुने क्रियाकलापमा निकै ठूलो वृद्धि आएको छ । ग्रुपमा एकैपटक भिडियो कल गर्नका लागि प्रयोगकर्ताहरूले जुम, मेसेन्जर, गुगल मिट र माइक्रोसफ्ट टिम्स जस्ता एपहरू प्रयोग गर्दै आएका छन् ।

माइक्रोसफ्टको टिम्स एप आइफोन, एन्ड्रोइड, विन्डोज र म्याकओएसमा  उपलब्ध छन् । एप स्टोर वा प्ले स्टोरमा गएर उक्त एप नि:शुल्कमा डाउनलोड गर्न सकिने छ ।

 

स्रोत: माइक्रोसफ्ट

 

 

यसमा तपाईको मत