ग्याजेट विशेष

नयाँ आइफोनको क्यामरा दोस्रो श्रेणीमा - हुवावेलाई जित्न सकेन

  नागरिक   2018-10-08

यस वर्ष रिलिज भएको एप्पल आइफोन Xs म्याक्सको क्यामरालाई DxOMark ले जाँच गरेको छ |  DxOMark ले विगतको एक दशक देखि रिलिज भएका मुख्य मुख्य सम्पूर्ण स्मार्टफोनको क्यामरालाई टेस्ट गरेर उक्त क्यामरालाई अंक प्रदान गर्दै आएको छ| उक्त अंक जति बढी, त्यति नै राम्रो क्यामरा |

आइफोन Xs म्याक्सले भिडियो र फोटो दुवै गरेर १०५ अंक ल्याएको छ - जुन अहिले DxOMark को दोस्रो श्रेणीमा पर्छ | पहिलो श्रेणीमा अझै पनि १०९ अंक सहित हुवावेको पी २० प्रो छ |

DxOMark को बृहत समिक्षामा आइफोन Xs को क्यामरा निकै द्रुत र सटिक भएको र यसले निकाल्ने तस्विरहरुमा एक्सपोजर सहि मात्रामा भएको र रंगहरु पनि प्राकृतिक भएको कुरा उल्लेख गरिएको छ | तर फ्ल्याश हानेर खिचेका तस्विरहरुमा राम्रो एक्सपोजर नभएको र जुम सटहरुमा नोइज धेरै भएको कुरा यस स्मार्टफोनको क्यामराको नराम्रो पक्ष भनेर उल्लेख गरिएको छ | भिडियोमा पनि डैनामिक रेन्ज, फोकस र गुणस्तर निकै राम्रो भएको तर अलि अध्यारो स्थानमा सेतोरंगलाई राम्रोसंग मिलाउन नसक्ने र नोइज बढी हुने भनेर बताईएको छ |

आइफोन Xs म्याक्समा दुईवटा १२ मेगापिक्सलका क्यामराहरु राखिएका छन् जस मध्ये एउटाले जुम र ब्होके ब्लर इफ्फेक्टमा सहयोग पुर्याउछ |

 

स्रोत : DxOMark वेबसाइट

 

यसमा तपाईको मत