घर निर्माण विशेष

नेपालमा प्रिफ्याब घरको निर्माण

  नागरिक   2018-05-12

थोरै समयमा र सकेसम्म थोरै लागतमा धेरै वर्ष टिक्ने, भूकम्प प्रतिरोधी र हेर्दामा आकर्षक देखिने आदर्श घर निर्माण गर्ने चाहना हरेक सम्भावित घरधनीको हुन्छ । कयौ दशकदेखि प्रचलनमा रहेको साधारण इट्टाको प्रयोगबाट बनाइने र सिमेन्टले प्रबलित गरिने  घरहरु पनि भूकम्प प्रतिरोधी, टिकाउ र आकर्षक हुन्छन । तर यस्ता घर निर्माणका तीन मुख्य बेफाइदा छन् : चर्को लागत मूल्य, लामो निर्माण अवधि र स्थायीता। तर यी सबै समस्यालाई सुल्झाउन सक्ने र थोरै लागतमा पनि आकर्षक र टिकाउ घर निर्माण गर्न मिल्ने विश्व प्रचलित प्रिफ्याब घर निर्माण गर्न नेपालमा पनि सम्भव छ ।

प्रिफ्याब घर एक यस्तो घर हो जसका विभिन्न भागहरु पहिले नै फ्याक्ट्रीमा बनाइन्छ र निर्माणको समयमा निर्माण स्थल मै लगेर जडान गरिन्छ।  नेपालमा प्रिफ्याब घरको आगमन आज भन्दा एक दशक अगाडी नै भए पनि  २०७२ सालको महा-भूकम्प पछि मात्र यसले चर्चा पाएको हो । थोरै मूल्यमा पनि भूकम्प प्रतिरोधी र धेरै वर्षसम्म टिक्ने घर निर्माण गर्न चाहनेहरुका लागि यस्तो घर सबैभन्दा उच्चतम निर्माण विकल्प बनेको छ ।

नेपालमा प्रिफ्याब – इको प्यानल

नेपाली बजारमा पहिल्यैबाट स्थापित र प्रचलित घर निर्माण विधिहरुको बेफाइदा र कमजोरीहरुलाई उन्मूलन गर्नुका साथसाथै नयाँ र अभिनव घर निर्माण काइदाको आवागमन प्रिफ्याब घरले गरेको छ । यसले अन्य निर्माण विधिको कमजोरीहरुलाई सच्चाएर अझ थप विशिष्ट निर्माण सुविधा र सहजताहरु प्रदान गर्छ ।

नेपालमै पहिलो पटक उच्चस्तरीय र गुणस्तरीय प्रिफ्याब घरको निर्माण सामग्री उत्पादन गरी बिक्रि वितरण गर्ने कम्पनी हो – इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल। सन् २०१४ मा बहराइनको अल खाजाह कम्पनीसँगको संयुक्त लगानीमा स्थापना भएको यस कम्पनीले सकेसम्म बढी स्थानीय कच्चा पदार्थबाट नै प्रिफ्याब घर निर्माणको लागि “गोर्खा इको प्यानलहरु” उत्पादन गरी बिक्रि गर्दै आएको छ र  यसको आउटलेटहरु पूर्वको झापादेखि सुदूरपश्चिमको डडेलधुरासम्म छन् ।

गोर्खा इको प्यानल:

ईट्टाको वैकल्पिक निर्माण सामग्रीको रुपमा उत्पादन सुरु गरिएको गोर्खा इको प्यानल ईट्टाभन्दा धेरै हलुका, भूकम्प प्रतिरोधी र वातावरण मैत्री हुन्छन । यी प्यानलहरुमा दुईतिर ४.५ मिमिको नन् एष्वेष्टस क्याल्सियम सिलिकेट बोर्ड हुन्छ भने त्यसको बिचमा  सिमेन्ट, बालुवा, थर्मोकोल आदि जस्ता वस्तुहरुको हलुका मिश्रण हुन्छ । थर्मीकोलको प्रयोग हुने हुँदा इट्टाको तुलनामा निकै हलुका हुन्छन । यहि हलुकापनले र प्यानलमा भएको टङ्ग एण्ड ग्रुभका ज्वाइन्टको साथ त्यसमा प्रयोग हुने एडिसीभ सिमेन्टले गर्दा नै यसबाट बनेका संरचनाहरु भूकम्प प्रतिरोधी हुन्छन ।

२ फिट चौडाई तथा ७.५ फिट लम्बाइ र ५० मिमि देखि २१० मिमिको मोटाइसम्मर्को  प्यानलहरु उपलब्ध छन् भने कम्पनीले उपभोक्ताको अनुरोध अनुसार पनि अनुकूल लम्बाईको प्यानल निर्माण गरिदिन्छ । यस प्यानलको घनत्व लगभग ६५० केजी प्रति क्युबिक मिटर रहेको छ भने यसले ४ घण्टा १००० डिग्री सेल्सियससम्मको आगो ठेग्न  सक्छ । यिनीहरु भूकम्प, पानी, आगो र ध्वनि प्रतिरोधी हुन्छन ।

हाल तीन प्रकारका गोर्खा इको प्यानलहरु नेपाली बजारमा उपलब्ध छन् - स्याण्डविच प्यानल, हलो प्यानल र सोलिड प्यानल । गोर्खा इको प्यानलले आइएसओ ९००१:२०१५ पनि प्राप्त गरिसकेको छ । गोर्खा इको प्यानलले आफ्नो गुणस्तरलाई कायम गर्ने र यथासम्भव धेरै स्वदेशी कच्चा पदार्थ प्रयोग गर्न पुलचोक इन्जिनियरिंग क्यामपससंगको सहकार्यमा अध्ययन अनुसन्धानहरु गर्दै आएको छ।

 

इको प्यानल जडान  गर्ने विविध बिकल्पहरु

घरमा इको प्यानल जडान गर्नलाई एउटा मात्र ठोस शैली छैन । घर र संरचना निर्माणको आवश्यकता अनुसार इको प्यानल विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ ।  यसका मुख्यतः ३ वटा विकल्पहरु रहेका छन् :

१. स्थायी कंक्रिट स्ट्रकचरसँग : यसरी बन्ने संरचनामा  विभिन्न स्ट्रक्चरहरुमा कंक्रिटको पिलर, बिम र ढलान हुन्छ र उक्त संरचनामा भित्ताको भित्रि र बाहिरी पट्टिको भागमा प्रिफ्याब इको प्यानल प्रयोग गरिन्छ ।यसरी निर्माण गर्दा ओजन कम हुने कारणले गर्दा हाइ राइज बिल्डिङ्गहरुमा स्ट्रक्चरको लागत निकै कम भएर आउँछ ।

२. स्थायी तथा अस्थायी स्टिल स्ट्रकचरसँग : स्टिल स्ट्रक्चरका विभिन्न स्ट्रकचरल फ्रेमहरुसंग  प्रिफ्याब इको प्यानल भित्रि र बाहिरी वालको रुपमा प्रयोग गर्न सकिन्छ । यसरी स्टिल स्ट्रकचरमा प्रिफ्याब इको प्यान जडान गरी संरचनाहरु बनाउँदा आर्कषक, द्रुत, कम खर्चिलो, भुकम्प प्रतिरोधात्मक अनि पुनः प्रयोग गर्न मिल्छ ।

३. लोड बेरिंग : यस्तो संरचना निर्माणमा एक तले संरचना प्रिफ्याब इको प्यानल प्रयोगबाट मात्र बनाईन्छ । प्रिफ्याब प्यानललाई नै भित्ता र छानाको रुपमा प्रयोग गरिन्छ  । यस्ता प्यानल हलुका हुने भएकाले जग निर्माणमाको कार्यमा भार कम हुन्छ र यसमा फलामको फ्रेम प्रयोग हुँदैन ।

 

जडान गर्ने तरिका

गोर्खा इको प्यानलहरु जडान गर्न निकै सजिलो हुन्छ । यसमा हुने टंग एण्ड ग्रुभमा विशेष प्रकारको एडिसिभ सिमेन्ट प्रयोग गरी जडान गरिन्छ । जोडाईलाई थप मजबुट बनाउन हरेक दुई वटा प्यानलको बीचमा ६ इन्चको किला प्रयोग गरिन्छ । हरेक पिलर र इको प्यानल तथा बिम र इको प्यानलको बीचमा विशेष प्रकारको केमिकल (जसलाई पियु फोम भनिन्छ) प्रयोग गरिन्छ । यसले पुरै वालको संरचनालाई एक ढिका तथा मजबुत बनाइदिन्छ । यसमा कुनै पनि फलामको च्यानलको प्रयोग नहुने भएकोले घरको आकर्षण थप हुन्छ ।

लागत

सामान्य परिवारलाई पुग्ने १२ फिट लम्बाई तथा १५ फिट चौडाईको तीन कोठे, १ तले घर इको प्यानलबाट बनाउँदा लगभग रु १० लाख जतिको लागत आउँदछ ।

नेपाल पनि उच्च भूकम्पको जोखिममा रहेको हुनाले यहाँ यस्तो घरको निकै ठूलो महत्व रहेको छ । प्रारम्भिक लगानी सस्तो र निर्माणमा द्रुत हुनुको संगसंगै यी घरहरुलाई आगो र पानीले केहि असर गर्दैन । चार घण्टासम्म हजार डिग्री सेल्सियससम्मको आगोले प्रिफ्याब्रिकेटेड इको प्यानललाई बिगार्न सक्दैन ।

कहाँ पाइन्छ?

  • प्रदेश १ : भोजपुर, झापा, संखुवासभा, सुनसरी 
  • प्रदेश २ : धनुषा
  • प्रदेश ३ : भक्तपुर, चितवन, काठमाडौँ , ललितपुर 
  • प्रदेश ४ : पोखरा 
  • प्रदेश ५ : बुटवल, कपिलवस्तु,नेपालगंज
  • प्रदेश ७ : धनगडी, डडेल्धुरा

 

प्रायोजित : इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल, जगती भक्तपुर 

सम्पर्क : ०१-६२००७३६

यसमा तपाईको मत