बजार संक्षेप

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

    2019-08-16

काठमाडौं– ज्योति विकास बैंकले रेमिट सेवाका लागि रेमिट टू नेपालसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा तथा रेमिट टू नेपालका महाप्रबन्धक सन्तोष भेटवालले हस्ताक्षर गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
सम्झौतापश्चात रेमिट टू नेपालको रेमिटसेवा बैंकका मुलुकभर रहेका ९७ शाखाबाट लिन सकिने जनाइएको छ । हाल बैंकले ९७ शाखा, दुई एक्सटेन्सन काउन्टर तथा ४० एटिएमबाट सेवा दिँदै आएको जनाएको छ ।

यसमा तपाईको मत