ग्याजेट विशेष

सन् २०२० मा सबैभन्दा धेरै बिक्री भएको स्मार्टफोन

  नागरिक   2020-05-17

सन् २०२० को पहिलो तीन महिनामा सबैभन्दा धेरै बिक्री हुने एन्ड्रोइड स्मार्टफोनहरूको सूचीमा सामसंगको ग्यालेक्सी ए ५१ सबैभन्दा पहिलो स्थानमा परेको छ ।

छ वटा सबैभन्दा धेरै बिक्री भएको एन्ड्रोइड स्मार्टफोनको सूचीमामा चारवटा सामसंगका एन्ड्रोइड स्मार्टफोन रहेकाछन् भने बाकीं दुईवटा साओमीका स्मार्टफोनहरू रहेका छन् ।

सामसंग ग्यालेक्सी ए ५१ को फोर जी संस्करण अहिलेको सबैभन्दा धेरै बिक्री भएको स्मार्टफोन हो । यो मोडल मात्र ६० लाख संख्यामा बिक्री भएको छ जसले २०२० को पहिलो तीन महिनामा एन्ड्रोइड स्मार्टफोनको २.३% बजार हिस्सा कब्जा गरेको छ ।

यसै गरेर दोस्रो स्थानमा सओमीको रेड्मी ८ रहेको छ जसले १.९% बजार हिस्सा कब्जा गरेको छ ।

हालै चलिरहेको कोरोनभाइरसका कारणले गर्दा अधिकांस उपभोक्ताहरूले महंगा स्मार्टफोनको सट्टा सस्ता र बजेट स्मार्टफोनहरू खरिद गर्न सुरु गरेका छन् ।

स्रोत: स्ट्राटेजी एनालीटिक्स

 

यसमा तपाईको मत