ग्याजेट विशेष

नयाँ मोडलका आइफोनसँग चार्जर र इअरफोन नि:शुल्क नपाइने - छुट्टै किन्नु पर्ने !

  नागरिक   2020-07-07

यो वर्ष रिलिज हुने भनिएको आइफोन १२ मा एप्पलले चार्जर र इअरफोन दुवै समावेश नगर्ने भनिएको छ । मिंग चि कुओका अनुसार सन् २०२० मा रिलिज हुने कुनै पनि आइफोनका मोडलमा चार्जर र इअरफोन समावेश हुने छैनन् । उपभोक्ताले हजारौ डलर खर्च गरेर किनेको आइफोनसँग चार्जर र इअरफोन पनि नपाउने भएका छन् ।

यो वर्ष रिलिज हुने आइफोनका बक्सामा युएसबी केवल मात्र हुने बताइएको छ । हालसम्म रिलिज भएका सम्पूर्ण आइफोनका मोडलहरूमा चार्जर, युएसबी केवल र इअरफोन समावेश हुँदै आएको छ । बक्साका समावेश भएका एप्पल चार्जरहरू निकै स्लो र निकै तल्लो स्तरको हुँदै आएको छ । एप्पलले फास्ट चार्जरहरूलाई पहिलेबाट नै छुट्टै बेच्दै आएको छ ।

नयाँ आइफोनमा समावेश गरिने फाइभजीको कारणले गर्दा आइफोनको निर्माण मूल्य हालको भन्दा उच्च हुने भएको छ । फाइभजी समावेश गर्दा लाग्ने मूल्यलाई उठाउनका लागि एप्पलले आफ्नो १०००+ डलर पर्ने स्मार्टफोनमा चार्जर पनि समावेश नगर्ने भएको छ ।

हालै एप्पलले एक सर्वेक्षण पनि गरेको थियो । उक्त सर्वेक्षणमा प्रयोगकर्ताले आइफोनको बक्सामा आएको चार्जर प्रयोग गर्छन कि गर्दैनन् भनेर सोधिएको थियो ।

स्रोत: Engadget

 

 

यसमा तपाईको मत