ग्याजेट विशेष

फेसबुकका पुराना पोस्टहरू डिलिट गर्न सजिलो बन्दै !

  नागरिक   2020-06-03

तपाईंले केही वर्ष पहिले गरेका पोस्टहरूलाई सजिलैसँग डिलिट गर्न मिल्ने फिचर फेसबुकले नयाँ अपडेट मार्फत ल्याउन लागेको छ । यस फिचरलाई फेसबुकले Manage Activity नाम दिएको छ । यसबाट पुराना पोस्टहरूलाई लुकाउन र डिलिट गर्न सजिलो हुनेछ ।

पोस्टहरू डिलिट गर्नको सट्टा लुकाउन पनि मिल्ने छ - जसलाई फेसबुकले Archive नाम दिएको छ । Archive गरिएका पोस्टहरू तपाईंले मात्र हेर्न सक्नु हुनेछ । यो फिचर फेसबुकमा प्राइभेसी “only-me” राखे सरह हुने छ ।

यसै गरेर डिलिट गरका पोस्टहरू ३० दिन सम्म रिसाइकल बिनमा गएर बस्ने छ । यसर्थ पोस्ट डिलिट गरेको ३० दिन भित्रमा उक्त पोस्टलिई पुन: फिर्ता ल्याउन सकिने छ । ३० दिन पश्चात डिलिट गरिएको पोस्ट सधैंको लागि डिलिट हुने छ भने उक्त पोस्टलाई फिर्ता ल्याउन मिल्ने छैन ।

विगतको समयमा गरिएका पोस्टहरूले प्रयोगकर्ताको हालको सोचाइ र बुझाइ नझल्किने भएकाले यो फिचर ल्याइएको हो ।

यस फिचर प्रयोग गर्नका लागि Activity Log मा गएर Manage Actitivy मा क्लिक गर्नु होस् । यो फिचर फेसबुकको मोबाइल एपमा पहिले आउने छ र डेस्कटपमा केहि समय पछि आउने भनिएको छ ।

स्रोत : फेसबुक

 

यसमा तपाईको मत