ग्याजेट विशेष

कम्प्युटरमा स्क्रिनसट कसरी लिने ?

  नागरिक   2020-05-12

स्मार्टफोनहरूमा जस्तै ल्यापटप र कम्प्युटरमा पनि स्क्रिनमा भएको कुरालाई स्क्रिनसट लिएर सुरक्षित गर्न सकिन्छ । ल्यापटप र कम्प्युटरमा स्क्रिनसट लिने विभिन्न तरिकाहरू छन् ।

१. विन्डोज ल्यापटप / कम्प्युटरमा

विन्डोजको सबैभन्दा नयाँ संस्करण अर्थात् विन्डोज १० मा स्क्रिनसट लिन निकै सजिलो बनाइएको छ । विन्डोज १० वा ८  मा स्क्रिनसट लिनलाई Windows Button + PrintScreen बटन दबाउनु होस् । उक्त स्क्रिनसट तपाईंको Pictures फोल्डरको Screenshots फोल्डरमा सेभ भएर बस्ने छ ।

आफूलाई मन लागेको स्थानको मात्र स्क्रिनसट लिनु परेमा Windows Button + Shift + S दबाउनु होस् र चाहिएको भागलाई सेलेक्ट गर्नुहोस् ।

विन्डोज ७ वा पुरानो अपरेटिंग सिस्टमहरूमा स्क्रिनसट लिनका लागि एकपटक PrintScreen वा PrtSrc बटन दबाउनुहोस् । त्यसपछि माइक्रोसफ्ट पेन्ट ( Microsoft Paint ) नाम गरेको सफ्टवेयर खोल्नुहोस् । उक्त सफ्टवेयर स्टार्ट Start बाटसर्च गरेर भेटाउन सकिन्छ । पेन्ट खुलिसकेपछि Ctrl + V दबाउनुहोस् । अनि उक्त तस्विरलाई सेभ गरेर सुरक्षित गर्नुहोस् ।

२. म्याकबुक र म्याक कम्प्युटरमा

एप्पलको म्याकबुक वा म्याक कम्प्युटरमा स्क्रिनसट लिनको लागि Command + Shift + 3 लाई एकै पटकमा दबाउनुहोस् । उक्त स्क्रिनसट तपाईंको डेस्कटपमा आएर सुरक्षित भएर बस्छ ।

यसमा तपाईको मत