ग्याजेट विशेष

टिकटकलाई ६ अर्ब डलर घाटा - कारण के?

  नागरिक   2020-07-05

चिनियाँ सामाजिक संजाल टिकटकको अभिभावक कम्पनी बाइटडान्सले भारतमा भएको टिकटक प्रतिबन्धको कारणले गर्दा ६ अर्ब डलर घाटा बेहोर्नु पर्ने अनुमान गरेको छ । हालै भारतले टिकटक लगायत ५८ वटा अन्य चिनियाँ एपहरूमा प्रतिबन्ध लगाएको छ जसमा बाइटडान्सले निर्माण गरेका तीनवटा एपहरू समावेश छन् ।

प्रतिबन्ध भएका अन्य ५८ एप्सहरू मध्ये सबैभन्दा धेरै घाटा भने टिकटकलाई नै हुने निश्चित छ । हालै टिकटकको अभिभावक कम्पनी बाइटडान्सले भारतमा टिकटकलाई प्रचार गर्नका निम्ति १ अर्ब डलर बराबर लगानी गरेको थियो । टिकटक नै आधिकारिक रूपमा प्रतिबन्ध भएपछि यो लगानी नउठ्ने सम्भावना रहेको छ ।

भारत नै टिकटकको दोस्रो सबैभन्दा ठूलो बजार रहेको थियो जहाँ प्रयोगकर्ताको संख्या २० करोड रहेको थियो । गत तीन महिनामा भारतमा मात्र टिकटक एप ६१ करोड पटक डाउनलोड भएको थियो, जुन विश्वव्यापी डाउनलोड संख्याको ३० प्रतिशत रहेको छ  । यो तथ्यांकबाट नै भारतमा टिकटकको ख्यातीलाई स्पष्ट रूपमा हेर्न सकिन्छ ।

टिकटक लगायतका अन्य प्रतिबन्ध गरिएका एप्सहरूलाई भारतीय गुगल प्ले स्टोर र एप स्टोरबाट हटाइएको छ । टिकटकले भारतमा २ हजार जना भन्दा बढी कर्मचारीहरूलाई रोजगार दिदै आएको थियो ।

स्रोत : Forbes

 

यसमा तपाईको मत