ग्याजेट विशेष

अमेरिकामा टिकटकलाई माइक्रोसफ्टले किन्न सक्ने !

  नागरिक   2020-08-05

संसार कै सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी मध्ये एक रहेको माइक्रोसफ्टले हालै निकै चर्चामा रहेको सामाजिक संजाल टिकटक खरिद गर्न सक्ने भएको छ ।

हालै माइक्रोसफ्टले प्रकाशन गरेको ब्लगमा माइक्रोसफ्ट टिकटकलाई खरिद गर्न इच्छुक रहेको कुरालाई व्यक्त गरिएको छ ।

माइक्रोसफ्टको सीइओ नाडेला र अमेरिकीक राष्ट्रपति ट्रंप बीच भएको बार्ता पश्चात माइक्रोसफ्ट टिकटक खरिद गर्न राजि भएको हो । माइक्रोसफ्टले यस सेप्टेम्बर १५,२०२० अगाडी नै टिकटक खरिद गरिसक्नु पर्ने छ । माइक्रोसफ्टले आगामी केही सातामा नै यो खरिद प्रक्रिया पूरा गरिसक्ने विश्वास गरेको छ ।

माइक्रोसफ्टले अमेरिका, क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डमा संचालन हुने टिकटकको भागलाई मात्र खरिद गर्ने भनिएको हो । यी देश बाहेक बाहिरका देशहरूमा टिकटक यथास्थित रूपमा संचालन हुनेछ । अहिले टिकटकको मालिक बाइटडान्स कम्पनी रहेको छ जुन चिनमा स्थित कम्पनी हो ।

माइक्रोसफ्टले अमेरिकी प्रयोगकर्ताको डेटालाई मात्र अमेरिकी सर्भरमा राख्न पाउने छ । अमेरिकी प्रयोगकर्ताको व्यक्तिगत डेट अमेरिका बाहेक अन्य देशमा राख्न नपाउने नीति लागू गरिने भएको छ ।

अमेरिकामा टिकटकका ८ करोड प्रयोगकर्ता रहेकाछन् भने विश्वभरमा ५० करोडभन्दा बढी प्रयोगकर्ता रहेका छन् । टिकटकले अमेरिकाबाट मात्र १५ अर्ब देखि ३० अर्ब अमेरिकी डलर व्यापार गर्दै आएको छ ।

 

स्रोत : माइक्रोसफ्ट 



 

यसमा तपाईको मत