बजार संक्षेप

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

    2019-06-19

 

काठमाडौँ- नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एक भव्य फाइनान्स तथा एक्स्चेञ्ज मेला “टिभिएस सुपर सिजन फाइनान्स फेयर” को आयोजना गर्ने भएको छ । यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेञ्ज अफरका साथै बचतको सुनौलो अवसर पनि प्राप्त गर्नु हुनेछ । जस अनुसार ग्राहकहरुले ७.९९ प्रतिशत ब्याजको फाइनान्स सुविधाका साथ २० प्रतिशत शुरु भुक्तानीमा विश्वस्तरीय टिभिएस टु ह्वीलर आफ्नो बनाउन सक्नु हुनेछ । साथै ग्राहकहरुलाई गजबको आकर्षक मासिक किस्ता रु.५,५००÷ बाट सुरु हुनेछ। यी सबैभन्दा पनि ज्यादा ग्राहकहरुले हरेक एक्स्चेञ्जमा रु.३०,०००÷सम्मको बोनस पनि प्राप्त गर्नु हुनेछ ।
मेलाको अन्य आकर्षणहरुमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र स्क्य्राच कार्डमार्फत् रु.७,०००÷देखि रु.१,००,०००÷सम्म पक्का पक्की नगद पुरस्कार जित्ने मौका पनि रहेका छन् । यसका अतिरिक्त मेलामा टिभिएस बाइक खरीद गर्नु हुने ग्राहकहरुले टिभिएसका सामानहरु हेलमेट, बाइक कभर र रेनकोट सित्तैंमा प्राप्त गर्नु हुनेछ ।

यसमा तपाईको मत