ग्याजेट विशेष

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

  नागरिक   2020-01-18

हालै माइक्रोसफ्टले विन्डोज ७ को लागि सपोर्ट र अपडेटहरू बन्द गरेको छ । यस कारणले गर्दा सम्पूर्ण विन्डोज ७ प्रयोगकर्ताहरूले विन्डोज १० मा अपडेट गर्नु उचित हुन्छ । माइक्रोसफ्टले सन् २०१५-२०१६  मा नि:शुल्क विन्डोज १० अपडेट कार्यक्रम ल्याएको थियो जस अन्तर्गत विन्डोज ७ , विन्डोज ८ र विन्डोज ८.१ का प्रयोगकर्ताहरूले नि:शुल्कमा विन्डोज १० डाउनलोड गर्न पाउने भएका थिए । माइक्रोसफ्टका अनुसार विन्डोज ७ बाट आधिकारिक रूपमा नि:शुल्क अपडेट सुविधा सकिएको भनिएता पनि उक्त अपडेट अझै पनि सम्भव रहेको छ । विन्डोज ७ को अन्त्य पछि विन्डोज १० मै अपडेट गर्नु उचित हुनेछ ।

क्य्राक गरेको होस् या ओरिजिनल विन्डोज ७ बाट नि:शुल्क ओरिजिनल विन्डोज १० मा अपडेट गर्नका लागि यस्तो गर्नुहोस् :

०. तपाईंले प्रयोग गरिरहेको विन्डोज ७, विन्डोज ८ वा विन्डोज ८.१ एक्टिभेट गरिएको हुनु पर्नेछ । क्रयाक गरेर एक्टिभेट गरिएको भए पनि फरक पर्दैन ।

१. विन्डोज १० को डाउनलोड वेबसाइटमा जानुहोस् । उक्त वेबसाइटमा जानका लागि यो लिंकमा क्लिक गर्नुहोस्: https://www.microsoft.com/en-us/software-download/windows10

२. उक्त वेबसाइटमा भएको Create Windows 10 installation media को मुनि पट्टी रहेको Download Tool Now मा क्लिक गर्नु होस् र Run मा क्लिक गर्नुहोस् ।

३. तपाईंले डाउनलोड गरेको प्रोग्राम चल्न सुरु हुनेछ ।

४. प्रोग्राम सुचारु भएपछि Upgrade this PC now मा क्लिक गर्नुहोस् ।

५. सबैमा आवश्यक परे जसरी Next गर्दै जानुहोस् । पुरै फर्म्याट गर्ने कि डेटाहरू सेभ गर्ने भनेर यहिनै छुट्टाउन सक्नुहुनेछ ।

६. अन्तिममा गएर उक्त प्रोग्रामले ओरिजिनल विन्डोज १० डाउनलोड गर्न सुरु गर्नेछ । डाउनलोड गर्ने साइज लगभग 4 GB (४ जीबी)  रहेकाले केही घण्टासम्म लाग्न सक्छ । डाउनलोड भएको बेलामा अन्य कुरा चलाउँदा फरक पर्दैन, तर कम्प्युटर बन्द गर्नु भने हुँदैन ।

७. डाउनलोड भएपछि विन्डोज १० इन्स्टल हुन सुरु हुनेछ । इन्स्टल हुँदा तपाईंको कम्प्युटर बारम्बार रिस्टार्ट हुनेछ । इन्स्टलको समयमा डिस्क चयन गर्ने, पासवर्ड र युजरनेम हाल्ने जस्ता कार्यहरू भने गर्नु पर्ने हुन्छ ।

८. इन्स्टल सकिएपछि तपाईंले ओरिजिनल र सक्कल विन्डोज १० प्रयोग गर्न पाउनुहुनेछ ।

 

 

यसमा तपाईको मत